बाख्रापालक कृषक समूहलाई २० लाख अनुदान
पाेखरा | साउन २०, २०७९
पोखरा महानगरपालिकाले व्यावसायिक बाख्रापालक कृषकलाई प्रोत्साहन गर्न रु २० लाख अनुदान वितरण गरेको छ । महानगरपालिका पशु सेवा शाखाद्वारा आयोजित बाख्रा मेला प्रदर्शनी तथा अनुदान वितरण कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले महानगरका चार कृषक समूहलाई रु पाँच लाखका दरले अनुदान विरतण गर्नुभएको हो ।
‘मेयरमैत्री बाख्रापालन प्याकेज’ कार्यक्रमअन्तर्गत महानगरले बर्सेनि बाख्रापालक कृषक तथा कृषक समूहलाई अनुदान तथा सहयोग रकम प्रदान गर्दै आएको छ । यस वर्ष अनुदान प्राप्त गर्ने कृषक समूहमा मिलीजुली बाख्रापालन कृषक समूह पोखरा-१३ आर्वा, सराङकोट बाख्रापालन समूह पोखरा-१८, लगनशील बाख्रापालन कृषक समूह पोखरा-३२ र बेगनास बाख्रापालन समूह पोखरा-३१ छन् । अनुदानबाट प्रत्यक्षरूपमा एक सयभन्दा बढी कृषक लाभान्वित भएको महानगर पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले बताउनुभयो ।
कार्यक्रममा मौजा हिल लाइभस्टक फार्म पोखरा–२० का कृषक दुर्गा बहादुर गुरुङलाई पोखराका विभिन्न स्थानलाई बाख्रापालनको पकेट क्षेत्रका रूपमा विकास गर्न तथा कृषकलाई प्रोत्साहन गर्ने कार्यमा उल्लेखनीय योगदान गरेवापत ‘सर्वोत्कृष्ट वर्ष कृषक’ सम्मानबाट पुरस्कृत गरिएको थियो ।
यसैगरी पोखरा महानगरपालिकाभित्र रहेका १७ उत्कृष्ट कृषि फार्मलाई पनि सम्मान गरिएको छ । सम्मानित कृषकका प्रत्येक फार्ममा एक सय बढीको सङ्ख्यामा बाख्रा पालिएका छन् । कार्यक्रममा महानगर प्रमुख आचार्यले आगामी पाँच वर्षभित्रमा महानगरपालिकालाई तरकारी, दूध, अण्डा, मासु तथा फलफूलमा आत्मनिर्भर बनाइने बताउनुभयो ।
कृषकलाई निर्वाह मुखीभन्दा पनि व्यवसायीकरणमा जोड दिँदै उहाँले महानगर कृषकको साथमा रहेको विश्वास दिलाउनुभयो । कृषि उपजको ढुवानी तथा बजारीकरणका लागि शीतभण्डार सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
पोखरा: कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् । विभिन्न बस्त...
आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ। नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...
नवलपुरमा तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् । गएराति ९ बजे कावासोती १४ अग्यौलीस्थित भित्रि सडक खण्डमा ग.प्र.०४–००१ प ८५९२ नम्बरको ...

